बारा । बारामा गोली दागेर एक व्यवसायीको हत्या भएको छ । भारतीय व्यापारी शिवपुजन यादवको हत्या भएको हो । शुक्रबार साँझ बाराको महागढीमाई नगरपालिका भुताहा पुल नजिकै चिया पसल नजिक उनीमाथि गोली प्रहार भएको हो। मोटरसाईकलमा आएका दुई जना अज्ञात व्यक्तिले गोली दागेर भागेका थिए ।गोली प्रहारबाट गम्भीर घाइते भएका व्यवसायी यादवको उपचारको क्रममा स्थानीय एलएस न्युरो अस्पतालमामृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गोली कसले किन प्रहार गरि उनको हत्या गरेको विषयमा थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए ।