वीरगन्ज । सशस्त्र प्रहरी बलले विन्ध्यवासिनी गाउँपालिकाको अमरपट्टिबाट भन्सार छलीका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी १३ नं गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले सशस्त्र प्रहरी बल अमरपट्टिको टोलीले शुक्रवार बिहान १० थान भारतीय नम्बरका मोटरसाइकल, २२ थान एलइडी टिभी, १३ थान मोबाइल र ५० थान साडी बरामद गरेको बताए ।
उनले बिहान ९ बजे सीमावर्ती क्षेत्र भारतबाट भित्रयाइएको सो परिमाणका सामान बरामद भएको र तस्करहरू फरार भएको बताए ।