

वीरगञ्ज । पर्सामा नयाँ प्रहरी प्रमुखको आगमन सँगै तस्कर माफिया सञ्जालमा खुसियाली छाएको छ । कुनै आमुक राजनीतिक विचारलाई संरक्षण गर्ने संकल्प बोकेर पर्सा आएका प्रहरी प्रमुखले आफ्ना मातहत सबै यूनिटलाई अवैध कारोबार सञ्चालन गर्न र त्यसको वातावरण मिलाउन निर्देशन दिए बमोजिम अहिले तस्कर र माफिया सञ्चालनमा खुसियाली छाएको हो । सिमावर्ती नाकाबाट दैनिक करोडौंको राजस्व दोहन गरी त्यसबावपतको केहि हिस्सा प्रहरी प्रशासनलाई बुझाउने पुरानो परम्परालाई एसपी कोमल साहले निरन्तरता दिने संकेत दिएका छन् । सोही बमोजिम अहिले तस्कर र माफियाहरु मालामाल बन्ने र राजस्व चुहावट गरेर देशलाई हरिकंगाल बनाउने तत्वहरुमा खुसियाली छाएको हो । अहिले वीरगञ्जबाट मरिच, केराउ, छोहडा, विद्युतीय सामाग्री, लत्ताकपडा, मेसिनरीको तस्करी भइरहेको बताइन्छ भने ठाउँ ठाउँमा जुवातास र कौडा सञ्चालनको मौखिक लाइसेन्स प्रहरी कार्यालयले दिएपछि कैयौं सोझा वीरगञ्जवासीहरु हरिकंगाल बनेर पुरपुरोमा हात लगाई निरास बनेका छन् । यतिबेला जिल्ला प्रहरी कार्यालय पर्साले अवैध कारोबारीहरुलाई भेला गरी जनताको शान्ति सुरक्षा भन्दा पनि द्रव्यमोचन यात्रामा आफूलाई समर्पित गरेको बतँइन्छ । हालैमात्र पर्सा आएका प्रहरी प्रमुखको ग्रिन सिंग्लन मिलेपछि लखनउ लुट यात्रालाई प्रहरीले पछ्याएको छ भने अब पर्सामा अपराधजन्य घटनामा समेत बढोत्तरी हुने अनुमान लगाउन थालिएको छ ।