वीरगँज । पर्साको बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी वीरगँज महानगरपालिका वडा नम्बर २५ श्रीसियामा रहेको मानवसेवा आश्रमा ३७ थान कुर्सी , ५ सेट टेबल र खाद्यान हस्तानन्तरण गरेका छन।
सोमबार एक कार्यक्रमकाृ बिच पालिका अध्यक्ष तिवारीले कुर्सी , टेबुल र खाद्यान हस्तान्तरण गरेका हुन ।
हस्तान्तरण गर्दै पालिका अध्यक्ष तिवारीले अगामी दिनमा पनि यस मानवसेवा आश्रमलाई गाउँपालिका अध्यक्षमा रहे पनि नरहे पनि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन ।
सो अवसरमा बिन्दवासिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साह र गाउँपालिका अध्यक्ष तिवारीको परिवारका सदस्यहरुको उपस्थित रहेको थियो ।