पोखरिया नगरपालिकामा भएको मेयरकप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि पोखरिया नपाले जितेको छ । सोमवार भएको फाइनल खेलमा पोखरियाले कालिकामाई गापालाई पराजित गर्दै उपाधि जितेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको पोखरियाले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै १५४ रन बनाएको थियो । प्रतिउत्तरमा कालिकामाई गाउँपालिका १७ ओभरमा सबै विकेट गुमाएर ११२ रनमा सीमित भयो । प्रतियोगितामा ३७ बलमा ७२ रनको योगदान दिई दुई विकेट लिएका पोखरियाका विकाश दास तत्वा ‘म्यान अफ दी म्याच’ घोषित भए ।
यसैगरी, प्रतियोगिता अवधिभरमा १७१ रनको योगदान र ११ विकेट लिएका कालिकामाईका विपिन चौरसिया उत्कृष्ट खेलाडी घोषित भए । उनलाई आज ‘म्यान अफ दी सिरिज’बाट सम्मानित गरियो । प्रतियोगितामा विजयी पोखरियालाई करसहित रु एक लाखबाट पुरस्कृत गरियो भने दोस्रो हुनेलाई करसहित रु ५५ हजारबाट पुरस्कृत गरियो ।
‘म्यान अफ दी सिरिज’ घोषित भएका चौरसियालाई करसहित जनही रु छ हजार एक सयबाट नगरप्रमुख प्रद्युम्न चौहान र उपप्रमुख रुबी ठाकुरले पुरस्कृत गरेका थिए ।