बारा । बारा जिल्लाको निजगढमा अवैधरुपमा लुकाई छिपाई लगाइएको लागुऔषध गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।
निजगढ नगरपालिका वडा नम्बर १२ र १३ अन्तर्गत पर्ने कुलिया ईलाकामा स्थानीय व्यक्तीहरु द्वारा करिब २५ कठामा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो ।
विषेश सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस निजगढ र ईलाका प्रहरी कार्यालय निजगढ बाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय विभिन्न व्यक्तीहरुको जग्गामा लगाएको २५ कठामा लगाइएको गाँजा खेती फडानी गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण बाराले जनाएको छ ।