बीरगन्ज । वडा प्रहरी कार्यालय बीर्ताले ८ वटा मोटरसाइकल सहित ४ जना चोरी गर्नलाई पक्राउ गरेको छ । वीरगंज घण्टाघर लगायतका स्थानबाट एक भारतिय सहित ८ मानिसहरुलाई चोरी गर्न प्रयोग हुने मास्टर साँचो प्रहरीले नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय वीर्ता को प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिनु भएको छ। प्रहरीले भारत विहार राज्य रतनपुर घर भइ वीमनपा-१० डेरा गरि बस्ने वर्ष १९ को शिवम् पाण्डे, बीरगन्ज वडा न २६ अठराह सुगौली घर भएको वर्ष २१ को अशोक पटेल , अठराह सुगौली घर भएको वर्ष २० को रामप्रवेश पटेल, बीरगन्ज वडा न २४ रामगढवा घर भएको वर्ष २४ को आकाश तिवारी लाई पक्राउ गरेको छ ।