पोखरिया । पर्साको पोखरिया नगरपालिकाको नगर विकास तथा राष्ट्रीय आयोगको आयोजना सम्बन्धमा बैठक सम्पन्न भएको छ । नगर प्रमुख प्रद्युमन प्रसाद चौहानको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा उपमेयर रूबी कुमारी ठाकुर , पोखरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियार , वडा अध्यक्षहरु लक्ष्मण साह कानू , महेंद्र महतो चाई , रामप्रबेश महतो चाई , प्रमानंद प्रसाद कुर्मी, नौसाद आलम, सोनालाल साह गोड, कार्यपालिका सदस्यहरु , राधा साह कानू , अजय कुमार कलवार , रामबचन प्रसाद यादव , संविधान सभा सांसद रामेश्वर प्रसाद रौनियार ,नेता नेजामोदिन समानी ,रामबाबू बैठा , श्रीकिसून प्रसाद चौहान , राधा बैठा ,राजू गिरी, बद्री प्रसाद चौरसिया , लगायतको सहभागिता रहेकोो थियो । सो बैठकमा खाने पानी ,बाजार बयवस्थापन, ऑटो रिक्साको स्टेन , मठ मन्दिर मस्जिदको बयवस्थापन, बिधालय लगायतको विषयमा छलफल थिियो ।