पोखरीया । पोखरीया नगरपालिका नगरवासीलाई जाडोबाट बच्नका लागि आगो ताप्ने व्यवस्था मिलाएको छ । पोखरीया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानको नेतृत्वमा रहेको टोलीले पोखरिया नगरपालिकाको वडा नं. १ देखी वडा नं. १० सम्मका वडा अध्यक्षहरु मार्फत जेष्ठ नागरिक वृद्ध–वृद्धा, मठ, मंदिर,मस्जिद, सरकारी कार्यालयहरुलाई दउरा वितरण गरेको पोखरीया नगरपालिकाको प्रशासन शाखा प्रमुख संदीप साहले बताए ।
दाउरा वितरण कार्यक्रमको अवसरमा पोखरीया नगरपालिका वडा नं. १ का वडा अध्यक्ष प्रमोद गिरी, वाड नं. २ का वडा अध्यक्ष केदार महतो ,४ का वडा अध्यक्ष लक्ष्मण साह कानु, ५ का वडा अध्यक्ष महेन्द्र महतो चाई, वडा ७ का वडा अध्यक्ष प्रमानन्द पटेल, वडा ८ का वडा अध्यक्ष किशोरी साह तेली, वडा नं ९ का वडा अध्यक्ष नौशाद आलम , वडा नं.१० का वडा अध्यक्ष सोनालल साह गोड, नगर कार्यपालिया सदस्य राधा साह कानु लगायतको उपस्थिती रहेको थियो ।