वीरगन्ज । बिन्दबासिनी गाउँपालिकाले गाउँपालिकाका विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ । बिहीबार गाउँपालिकाको गर्दौल दलित विद्यालय, इटीयाहि दलित विद्यालय र इटियाही स्काउट विद्यालयमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी ती विद्यालयमा अध्ययनरत करिव ४ सय विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको हो । बिन्दबासिनी गाउँपालिका उपाध्यक्ष ज्योती चौरसियाको गापा स्तरिय बजेटबाट ब्याग वितरण गरिएको हो ।


ब्याग वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष चौरसियाले समाज परिवर्तनको लागि सबै व्यक्तिहरुले आफूबाट परिर्तनको सुरुवात गर्नु पर्ने बताउँदै आफूले सके जति सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् । त्यस्तै स्कुल ब्याग वितरणसँगै विद्यालयका शिक्षक, विद्यालयमा अध्ययनरत विद्यार्थी र उनिहरुका अभिभावकहरुलाई समेत सहयोग पुग्ने गरी जनचेतनामूलक कार्यक्रमको समेत आयोजना गरिने उपाध्यक्ष चौरसियाले बताइन् । हरेक विद्यार्थीका अभिभावकले आफ्ना बालबच्चहरुलाई सामाजिक सस्कार सिकाउन आवश्यक रहेको बताइन् । उनले विद्यार्थीहरुलाई आफूले भविष्यमा के बन्ने हो त्यो बाटोलाई विद्यालय जीवनबाटै पहिचन गरेर हिड्दा राम्रो हुने धारणा राखिन् ।
ब्याग वितरण कार्यक्रममा समाजसेवि लक्षमण चौरसिया , सम्पूर्ण विद्यालयका प्रधानाध्यापक , शिक्षक लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।