वीरगन्ज । नेपाल रेडक्रस सोसाइटी पोखरिया उप शाखा पर्साले आज एक कार्यक्रमका बीच नगरपालिकाको वडा नम्बर १ देखी १० सम्मका अति विपन्न , एकल महिला , बृद्धबृद्धा, दलित , अपाङ्ग र मन्दिरका पुजारीहरुलाई कम्बल वितरण गरेको छ । उक्त कम्बल वितरण कार्यक्रम रेडक्रस सोसाइटी उपशाखाका सभापति भगवान प्रसाद कुर्मीको अध्यक्षता एवं पोखरीया नगरपालिकका नगर प्रमुख प्रधुमन् चौहानको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । केही दिन देखि तराईमा अत्याधिक चिसो बढेपछि चिसोबाट कसैको ज्यान गुमाउनु नपरोस् भनेर कम्बल वितरण गरिएको सभापति कुर्मीले बताए । उक्त कार्यक्रममा वडा अध्यक्ष प्रमोद गिरी , केदार महतो चाई ,रामप्रवेश प्रसाद चौहान ,महेंद्र महतो चाई , प्रमानंद प्रसाद पटेल , नौशाद आलम , कार्यपालिक सदस्य राधा साह कानू , रेडक्रसका विनोद गिरी,समाज सेवी विधाचल ठाकुर , गोवर्धन यादव , सशस्त्र प्रहरी बल पोखरीयाका प्रहरी निरीक्षक हरिकृष्ण खडका , इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशी लगायतको सहभागिता रहेको थियो ।