वीरगन्ज २२ फागुन : प्रभु हस्पिटल र बीरगन्ज पाठशालाको सयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बीरगन्ज पाठशालामा सम्पन्न शिविरमा विद्यार्थी र अभिभावक गरी २ सय भन्दा धेरैको स्वास्थ्य परिक्षण गरिएको शिविरका कार्यक्रम संयोजक दिलिपराज कार्कीले जानकारी दिए ।
कोभिड १९ को महामारीका कारण स्वास्थ्य उपचारको पहुँचमा नपुगेका विद्यार्थी तथा अभिभावकहरुको स्वास्थ्य परिक्षण गर्ने अभिप्रायले शिविरको आयोजना गरिएको बीरगन्ज पाठशालाकी संस्थापक प्रधानाध्यापिका बिजया ओझैयाले बताईन् । शिविरमा दन्तरोग विशेषज्ञ डा. अजय आस्थाना, छाला रोग विशेषज्ञ डा. रामाकान्त जैसवाल, बरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ रामकुमार प्रधानले परिक्षण गरेका थिए ।