वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साकाे जिल्ला विपद व्यवस्थापन समितिले वीरगन्ज महानगरपालिकामा रहेकाे मानव सेवा आश्रमलाई ५० थान कम्बल उपलब्ध गराएकाे छ ।
आश्रममा रहेका आश्रितहरुलाई जाडाेमा चिसाेबाट जाेगिनका लागि जिल्ला विपद व्यवस्थापन समितिले ५० थान कम्बल उपलब्ध गराएको हाे । प्रमुख जिल्ला अधिकारी उमेश ढकालले मानव सेवा आश्रम वीरगन्जकि संयाेजक सानु गुरुङ मानवसेवालाई कम्बल हस्तान्तरण गरेका हुन् ।
गुरुङका अनुसार, आश्रममा अहिले सडकबाट उद्वार गरिएका ५० जना सहयाेजापेक्षी रहेका छन् । उनिहरु अहिलेकाे कठ्याङ्ग्रिदाे जाडाेमा समस्यामा नपरुन् भनेर न्यानाे कम्बल उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।