वीरगञ्ज, २६ फागुन : पर्यटन समृद्धिको आधार हामी सबै साझेदार नारासहित वीरगञ्ज महानगरपालिकाको लगानी तथा होटल, पर्यटन व्यवसायी र पर्यटन पत्रकारकोे उद्घोष समारोह आज सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख विजयकुमार सरावगीले कोभिडको कारण होटल व्यवसाय धरापमा परेको बताए । उनले वीरगंजमा रहेका होटल व्यवसायीहरु एकजुट भई पर्यटक लोभ्याउने योजना ल्याए महानगरले सहयोग गर्ने आश्वासन दिए । भारतीय पर्यटकको आश्रयमा रहेका वीरगंजका व्यवसायीहरु सीमा नखुल्दा समस्यामा परेको र तत्काल सरकारले सीमा खोल्नुपर्ने उनको सुझाव थियो । संविधानसभा सदस्य अनिल रुगटाले व्यवसायीहरु एकता गरी अगाडि नबढेसम्म होटल व्यवसाय अगाडि नबढ्ने बताए । होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन पत्रकार सङ्घका अध्यक्ष शड्ढर आचार्य, उद्योगी व्यवसायी युवराज लामा, पत्रकार महासङ्घ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, भारतीय महावाणिज्यदूत नितेश कुमार, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए ।