पकहामैनपूर । पर्साको पकहामैनपूर गाउँपालिका प्रमुख सुरेश प्रसाद मेहताले पालिकाभित्रका सार्वजनिक जग्गा अत्रिक्रण गरी बनाइएका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना आव्हान गरेका छन् ।
उक्त सूचनामा पालिका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न भनिएको छ ।
त्यसरी नहटाएमा उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना पालिकाले हटाउन बाध्य हुनेछ साथै हटाई सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने व्यहोरा पलिकाले जनाएको छ ।