वीरगंज,फागुन २७
बिन्दवासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह मोदिले आज बिगत २ दशक देखि भत्केको प्रसौनी भाठ्ठा छोटी भन्सार र भेलाही जोडने मुशहर्वा पुलको निर्माण कार्यको स्थलगत अनुगमन गर्नु भएको छ। अनुगमनको क्रममा गापा अध्यक्ष श्रीमोदिले आफूले यस पुलको निर्माणका लागि केन्द्र सरकार देखि लिएर दिल्ली सम्म पटकपटक गरेको सिफारिस आज सफल भएको छ।निर्माण कार्य सुरु भए संगै बर्षौ देखि पुलका कारण वारिपारी गर्न कठिनाइ भोगिरहेका आमजनता अब खुशी भएका छ्न ।साथै यो पुल निर्माणका लागि आ(आफ्नो ठाउँबाट पहल गर्ने सम्पूर्ण सहयोगी महानुभावहरुलाई गापा अध्यक्षले हार्दिक अभार प्रकट गर्नु भयो ।