वीरगञ्ज, २७ फागुन : काठमाडौंमा चैत १ गतेदेखि हुन लागेको सी डिभिजन खेल खेल्न जान लागेको वीरगञ्ज युथ एकेडेमीका खेलाडीलाई मुनलाइट माविले एक कार्यक्रमका बीच विदाइ गरेको छ । लामो समय देखि खेलकुद प्रतियोगितामा सहभागिता जनाउँदै आएको वीरगञ्ज युथ एकेडेमी “बी” डिभिजन सम्म पुगेको थियो । बिबिध कारणले “सी” मा झरेको यो क्लब अब भने फेरी माथि “बी” मा उक्लने गरी प्रतियोगितामा सहभागि हुन लागेको हो । बिदाई समारोहमा विद्यालयले टिमका सम्पूर्ण खेलाडीलाई खादा लगाएर सम्मान समेत गरेको थियो । यसैबीच खेलमा म्यान अफ दि म्याच हुने खेलाडीका एकजना सदस्यलाई विद्यालयमा निशुल्क पठनपाठनको व्यवस्था गर्ने विद्यालयका निर्देशक शुलभ केसीले घोषणा गरे । कार्यक्रमको सञ्चालन हेमन्त तामाङले गरेका थिए । चैत १ गतेदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने प्रथम चरणको प्रतियोगिता चैत २७ गते सम्म चल्ने छ ।