बीरगंज । पर्सा प्रहरीले पर्साको पकहामैनपुर गाउँपालिकाको वडा नं ३ को टोल पकहा लगाईएको अबैध गाँजा खेती फडानी तथा नष्ट गरेको छ । प्रहरी चौकी धोरेका असई मनोज कुमार दासको नेतृत्वमा गएको टोलीले पकहामैनपुर गाउँपालिका वडा ३ पकहामा घर अगाडि रहेको बारीमा लुकाई छिपाई लगाइएको गाँजा खेती आज नष्ट गरेको छ । पकहामैनपुर गाउँपालिका वडा नं ३ बस्ने एक स्थानियले आफ्नो खेतमा अवैध लागु औषध गाँजा लगाईएको सूचना पाए पछि असई दासको नेतृत्वमा गएको प्रहरी टोलीले उक्त गाँजा फडानी गरि नष्ट गरेको प्रहरी चौकी धोरेले जनाएको छ ।