वीरगंज । सशस्त्र प्रहरी बलले ४ जना वरिष्ठ उपरीक्षकलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गर्न सिफारिस गरेको छ।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ को ख बमाेजिम बुधवार बसेको बढुवा समितिको बैठकले ४ जना वरिष्ठ उपरीक्षकलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेका हो।
सशस्त्रको साधारण समूह साधारण उपसमूहतर्फ ४ जना सशस्त्र प्रहरी नायब महानिरीक्षकको पद रिक्त रहेकाे थियाे।
बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलका अनुसार रिक्त सो पदमा सुरेश कुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरेको छ।