वीरगन्ज । फागुन २७ बाट हुन लागेको दोस्रो परवानीपुर गोल्डकप प्रतियोगीताको तयारी तिव्र रुपमा हुन थालेको छ । परवानीपुर युथ क्लबको आयोजनामा हुन लागेको दोस्रो परवानीपुर गोल्डकप प्रतियोगीताको तयारी तिव्र रुपमा भईरहेको हो । गोल्डकप प्रतियोगीताको तयारीको क्रममा शुक्रबार क्लबका पदाधिकारी , सदस्यहरु संगै विद्यार्थीहरुले खेलमैदानको सरसफाई गरेका छन । वीरगन्ज २१ परवानीपुरमा संचालित ज्ञान सागर एकेडमीका विद्यार्थीहरुले खेलमैदानको सरसफाई गरेका हुन । सरसफाईको क्रममा वडा नम्बर २१ का वडाअध्यक्ष राधेकृष्ण रौनीयार , क्लबका अध्यक्ष अलिअख्तर आलम , बरिष्ठ उपाध्यक्ष अनिल श्रीवास्तव , उपाध्यक्ष रविचन राम , महासचिव दिपक यादव , सचिव ध्रुप मण्डल , कोषाध्यक्ष कृष्णा यादव , सदस्यहरु त्रिलाकी कुशवाहा, राजेश मण्डल , संन्दीप रौनीयार , तिवारी यादव , डा.अशोक यादव , ईमरान आलम लगायतकाहरुको सहभागी रहेको थियो ।