वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकाको वडा नं ८ रामनगरीमा आज होलि मिलन समारोह कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका नेता मुखदेव प्रसादको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य राज कुमार गुप्ताको प्रमुख अतिथ्यमा होली मिलन समारोह कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गुप्ताले सभ्य र मर्यादित तरिकाले होलीपर्व मनाउन आग्रह गर्नु भएको थियो । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका गुप्ताले पछिल्लो समय चाडपर्वको नाममा विकृति बढ्दै गएकोले विकृति रहित होली पर्व मनाउन अनुरोध गरे । होलीपर्व असत्य माथि सत्यको जितको सम्झनामा मनाईने पर्व भएकोले आपसी सद्भाव र एकताबद्ध तरिकाले पर्व मनाउन आग्रह गरे । कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश सदस्य बिजय चौरसिया, जिल्ला समन्वय समितिका उप सभापति पुरण कुर्मी, बहुदरमाई नगरपालिकाका उपप्रमुख सुशमा कुशवाहा, नेताहरु संतोष साह , प्रमोद कुशवाहा,गम्भिरा साह, केदार तिवारी लगायत स्थानिय कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।