वीरगञ्ज, २ चैत : जगदम्बा स्टिल प्रा.लिको नयाँ ठुलो मेशिन जडान गरेर सञ्चालन गरेपछि घरहरु चर्किए सगै स्थानीयको बिरोधमा जीतपुरसिमरा वडा नं. २ ले उद्योगको गेटमा लगाएको ताला जिल्ला प्रशासनको आदेशमा प्रहरीले तोडेको छ । सवारी साधन पाकिङ्ग र गोदाम घरका लागि भनि बनाएको संरचनामा जगदम्बा स्टिल प्रा.लिले उद्योगको नयाँ मेशिन जडान गरेर सञ्चालन गर्दा घरहरु चर्किए पनि जगदम्बाले अहिले सम्म क्षतिपुर्ति नदिनुको साथै स्थानीय वडाको निर्देशन समेत पालना गरेको छैन । जगदम्बा स्टिलले पाकिङ्ग र गोदाम घरका लागि बनाएको संरचनामा रड काट्ने, बाङ्गोटिङ्गो रड सोझाउन ठुलो मेशिन जडान गरेर सञ्चालन गरेपछि घरहरु चर्किएको र रातभर बालवालिकाहरु त्रसित भई सुत्न समेत नसक्ने र झस्कने गरेको भन्दै स्थानियहरुले बिरोध जनाएका छन् । स्थानीयले वडाले फागुन ११ मा उद्योगमा ताला लगाएपनि प्रहरी प्रशासनले आज खोलेको हो । ताला तोडेपछि उद्योगमा घेराबन्दी गर्दै झडप समेत भएको छ ।