वीरगञ्ज, ३ चैत : जनता समाजबादी पार्टीका नेता शिव पटेलले आज बहुदरमाई नगरपालिकाका क्रिकेट खेलाडीहरुलाई पोसाक एवम् खेल सामग्री बितरण गर्नु भएको छ । नेता पटेलका बुवा स्व.रामबहादुर राउत कुर्मीको नाममा स्थापित “रामबहादुर राउत फाउन्डेसन” मार्फत सो सामग्री बितरण गरिएको क्रिकेट टिमका कप्तान रामेश्वर पटेलले बताउनु भयो । सामाग्री बितरण पश्चात खेलाडीहरुलाई सम्बोधन गर्दै नेता पटेलले बहुदरामाई नगरपालिका क्षेत्र भित्रका खेलाडी हरुको मनोबल बढाउन आफू सदैब सहयोग गर्न तत्पर रहेको बताउँदै खेलाडीहरुलाई सभ्य र भब्य रुपले प्रतियोगितामा प्रदर्शन गर्न शुभकामना सहित जित हासिल गर्न आग्रह गर्नुभयो ।