वीरगंज ७
विन्दवासीनी गाउँपालिका वडानं। ३ झौवागुठीमा आज निश्शुल्क आयुर्वेदीक स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयुर्वेदीक शाखाको आयोजनामा भएको शिविरमा ७ सय जनाको स्वस्थ्य परिक्षणका साथै औषधी वितरण गरिएको थियो । विन्देवासीनी ३ का वडाअध्यक्ष सलमा खातुनको अध्यक्षतामा भएको कार्यक्रमका मुुख्य अतिथी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु थिए भने अतिथीहरू उपाध्यक्ष किरण देवी गुप्ता, प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार, प्रदेश २ सामाजिक विकास मन्त्रलय आयुर्वेदीक शाखा प्रमुख डा। सुजितकुमार साह लगायत थिए । सम्पन्न शिविरमा जिल्ला आयुर्वेदीक कार्यालय पर्साका प्रमुख डा।रमेश मिश्र, डा पुनित केशरी, डा। योगेश तिवारीलगायतले सेवा प्रदान गरेका थिए । कार्यक्रमको सहजीकरण पालिकाका आयुर्वेदीक शाखा प्रमुख स्यामबाबु साहले गरेका थिए ।