बिराटनगर। नेपाली कांग्रेस मोरङका सदस्य, सामाजिक अभियानता तथा पत्रकार वीरेन्द्रकुमार साहले गिरिजाप्रसाद कोइराला फाउण्डेसनको कोशी प्रदेश समिति सचिव पदको जिम्मेवारी पाएका छन् ।
फाउण्डेसनका केन्द्रिय अध्यक्ष तथा नेपाली कांग्रेसका महिला नेत्री एवम् पूर्व उपप्रधानमन्त्री सुजता कोइरालाले विज्ञप्ती जारी गरेर साहलाई २ बर्षकालागि कोशी प्रदेश समिति सचिव पदको जिम्मेवारी सुम्पिएको जानकारी गराएको छ ।
नेपाली कांग्रेस मोरङले यूवा नेता साहलाई पार्टीको सञ्चार विभाग प्रमुखको जिम्मेवारी समेत दिएको छ। साह राजनीति संगै सामाजिक कार्यमा पनि निकै सक्रिय छन्। उनको सामाजिक सक्रियता देखेर नै फाउन्डेसनकी केन्दिय अध्यक्ष तथा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री सुजाता कोइरालेले साहलाई कोशी प्रदेशको सचिवको जिम्मेवारी दिएको बताईन्।