वीरगञ्ज । न्याय तथा कानुनी सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र नागरिकमैत्री बनाउने उद्देश्यसहित वीरगञ्जमा स्थापना गरिएको ‘स्काई ल फर्म’को औपचारिक उद्घाटन गरिएको छ।
युवा अधिवक्ताहरू आकाश महतो, केसी लामिछाने, दीपेन्द्र झा र औरन्जेब अहमदको संयुक्त पहलमा स्थापना गरिएको उक्त ल फर्मको जिल्ला सरकारी वकिल कार्यालय पछाडि एक समारोहबीच उद्घाटन गरिएको हो।
उद्घाटन समारोहमा कानुन, पत्रकारिता तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा पूर्वमाननीय प्रह्लाद गिरी, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सचिव दीपेन्द्र चौहानलगायत विशिष्ट व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरूले युवा अधिवक्ताहरूको संयुक्त पहलमा कानुनी सेवा क्षेत्रमा नयाँ संस्था स्थापना हुनु सकारात्मक रहेको उल्लेख गर्दै सफलताको शुभकामना व्यक्त गरे।
उनीहरूले आम नागरिकलाई सहज, सुलभ, छिटो र भरपर्दो कानुनी सेवा उपलब्ध गराउन स्काई ल फर्मले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरेका थिए।
युवा अधिवक्ताहरूको संयुक्त प्रयासमा सञ्चालनमा आएको स्काई ल फर्मले वीरगञ्जसहित आसपासका क्षेत्रका नागरिकलाई कानुनी परामर्श तथा आवश्यक कानुनी सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।