वीरगंज l चुरे तथा वनजगंल संरक्षण अभियानले बैशाख २४ गते देखि आन्दोलन गर्ने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज पत्रकार सम्मेलनको आयोजना गरि अभियानले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । पत्रकार सम्मेलनमा चुरे अभियन्ता सुनिल यादवले बैशाख २४ गते नगरमा बिरोध जुलुस तथा कोण सभा, २५ गते वीरगंज उद्योग वाणिज्य संघ अगाडि प्रर्दशन, २६ गते वीरगंज महानगर अगाडि बिरोध प्रर्दशन,२७ गते डिभिजन वन कार्यालय पर्सा अगाडि बिरोध प्रर्दशन र २८ गते जिल्ला प्रशासन कार्यालय अगाडि बिरोध प्रर्दशन गर्ने जनाएको छ । अभियन्ता यादवले सिर्सिया नदीको प्रदुषण नियन्त्रण,सार्वजनकि जग्गा अतिक्रमण रोक्न र स्थानियलाई रोजनगारीको व्यवस्थाको लागि पर्सा र बाराका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाए पनि माँग पुरा नभएकोले बाध्य भएर आन्दोलनको कार्यक्रम घोषणा गरेको जानकारी दिए । पत्रकार सम्मेलनमा अभियानका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती थियो ।