

बीरगंज । रिलिफ सोसाईटी अफ कमर्शले आफनो ३२ औं स्थापना दिवस एक कार्यक्रम गरि मनाएको छ । कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक कुमार टेमानीले रिलिफ सोसाईटी अफ कमर्शले आफनो स्थापना कालदेखी नै समाजिक क्षेत्रको रुपान्तरण, स्वास्थ्य र लेखा तथा कर संग सम्बन्धीत उदाहरणीय सेवा प्रवाह गर्दै आइरहेको बताउनु भयो । अध्यक्ष टेमानीले प्रतिकुल ब्यवसायी परिस्थितीमा समाजिक संघ संस्था, व्यवसायीक क्षेत्र संग सम्बन्धीत संघसंस्था लगायत अन्य सरोकारबाला संघसंस्थाहरु लागि समेत रिलिफ सोसाईटी अफ कमर्श एक अनुकरणीय संस्थाका रुपमा आफनो पहिचान बनाउन सफल रहेको बताउनु भयो । उहाँले समयको गतिशिल प्रवाह संगै संघसंस्थाहरु पनि परिवर्तित हुन नसक्ने हो भने आफना सदस्य प्रतिष्ठानहरुलाई उपलब्ध गराउनु पर्ने सेवा सुबिधामा अवरोध आउने तर्फ जोड दिंदै रिलिफ सोसाइटी समयको गतिशिल प्रवाह संगै आफनो संस्थागत भुमिका र कार्य क्षेत्रलाई बिस्तारै भएपनि फराकिलो पार्दै लागि रहेकोमा खुशि व्यक्त गर्नु भयो । रिलिफ सोसाईटी अफ कमर्शका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमम निवर्तमान अध्यक्ष अशोक लाठ, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेश प्रसाद लाठ, वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतम लगायतको उपस्थिती रहेको थियो ।