वीरगंज । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले दिल्लीस्थित पिएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्टीजका उपाध्यक्ष सुनिल कुमार तथा पिएचडी चेम्बर अफ
कमर्श एण्ड इण्डष्टीज इण्डिया नेपाल सेन्टरका संयोजक अतुल कुुमार ठाकुर संग दिल्लीस्थित पिएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्टीजमा एक कार्यक्रमका बीच भेटघाट तथा छलफल गरेका छन ।
छलफलका क्रममा पिएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्टीज द्वारा यही जेष्ठ ४ गते (१८ मे, २०२३) वीरगंजमा हुन गइरहेको इण्डिया नेपाल इकोनोमिक्स समिटका बारेका बृहत छलफल गरिएको र उक्त समिटलाई भव्य तथा सार्थक रुपमा आयोजना तथा व्यवस्थापनकाबारे दिपक्षीय सहकार्यका बिबिध पक्षका सम्बन्धमा समेत सम्वाद गरिएको थियो ।
पिएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्टीज संग वीरगंज उद्योग वाणिज्य संघको झण्डै दुई दशक अगाडी देखिनै भगिनी सम्बन्ध कायम रहेको भएता पनि समय सापेक्ष उक्त सम्बन्धलाई प्रभावकारी र गतिशिल बनाउन नसकिएको दुवै पक्षबाट साझा चिन्ता जाहेर गर्दै वीरगंज उद्योग वाणिज्य संघका तत्कालीक अध्ययक्ष गणेश प्रसाद लाठको अध्यक्षीय कार्यकालमा स्थापित भगिनी सम्बन्धलाई नयाँ स्वरुप र दुबै देशका निजीक्षेत्रहरु वीचका सम्बन्धलाई अझै प्रगाढ, व्यवसायीकका साथै आर्थिक सहकार्यका सम्भाव्य क्षेत्रको पहिचान गरिनु पर्ने तर्फ संघका अध्यक्ष अनिल कुमार अग्रवालले जोड दिनुभयो । कार्यक्रममा पिएचडी चेम्बरका सदस्य तथा उद्यमी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।