बीरगंज । सौन्दर्य प्रशाधन सामग्रीको बिक्री वितरण गर्ने वीरगंजस्थित जीण माता स्टोर्सको आयोजना तथा ओरिफलाम कम्पनीको सहकार्यमा महिलाहरुको छाला चेकजाँच स्किन टेष्ट कार्यक्रमको आयोजना गरेको छ । विगतका वर्षहरुदेखि नै सौन्दर्य प्रतिको बढ्दो आकर्षणलाई दृष्टिगत गरी जीण माता स्टोर्सले स्वास्थकर क्रिम र यसको प्रयोग कसरी गर्ने सम्बन्धमा समय समयमा स्वस्थ प्राविधिकको उपस्थितिमा महिलाहरुलाई सचेतना गर्ने कार्य समेत गर्दै आइरहेको छ ।
आज सम्पन्न छाला जाँच स्किन टेष्ट पनि सोही कार्यक्रमको पछिल्लो संस्करणको रुपमा रहेको आयोजक सज्जन अग्रवालले बताए भने छाला जाँच गर्ने प्राविधिक सुजाता सुब्बाले अहिले बजारमा विभिन्न थरिका सौन्दर्य प्रशाधनहरु पाइरहेको भएतापनि गुणस्तरीय सौन्दर्य प्रशाधनको प्रयोग गर्न सहभागी महिलाहरुलई बताउनु भयो । पछिल्ला केही समयदेखि बजारमा नक्कली सौन्दर्य सामग्रीहरुको बढ्दो हस्तक्षेपलाई न्यून गर्नुपर्ने तर्फ सबै सचेष्ट हुनुपर्ने अग्रवालले बताउनु भयो ।
बारा र पर्साका गरी करिब सय जना महिलाहरुको उपस्थिति रहेको उक्त सचेतना कार्यक्रममा सहभागीहरुको जिज्ञासाको सम्बोधन सज्जन अग्रवाल र सुजाता सुब्बाले आधुनिक युगमा फेशनको बढ्दो प्रतिस्पर्धा भइरहेको अवस्थामा यस्ता कार्यक्रमहरुबाट लाभ लिन सकिने बताउनु भयो ।