वीरगंज,चैत्र १८
पर्साको ग्रामिण भेग पटेर्वासुगौली गाँउपालिकाबाट पुनः गिटी बालुवाको तस्करीमा वृद्धि भएको छ । पटेर्वासुगौली स्थित पथरैया प्रहरी चौकीका ईन्र्चाज रामकाजी थापाको मिलोमतोमा भलुआही खोलाबाट गिटी बालुवाको व्यापक तस्करी भइरहेको स्थानियले बताएका छन । प्रहरी निरिक्षक थापाले ठेकेदार संग मोटो नजराना बुझीे तस्करीको लाईन खुल्ला गरेको स्थानियले आरोप लगाएका छन । अवैध उत्खन्न र गिटी बालुवाको संरक्षणको जिम्मा पाएको सुरक्षाकर्मीनै गिटी बालुवाको तस्करलाई सहयोग गर्न थालेको देखेर स्थानिय चकित बनेका छन । दिनँहु दर्जन भन्दा बढी ट्याक्टर भलुआही खोलाबाट अवैध रुपमा गिटी बालुवा उत्खन्न गरेर लगेपनि प्रहरी चौकी मौनबसेको स्थानियले बताएका छन । स्थानियले ठेकेदार र प्रहरी निरिक्षक थापाको मिलोमतोमानै बालुवा गिटीको तस्करीमा वृद्धि भएको छ । यता यसबारे प्रहरी निरिक्षक थापा संग बुझन खोज्दा सम्पर्कमा आउन चाहेन । उनीलाई बारम्बार फोन गर्दा पनि बिभिन्न कारण देखाई जवाफ दिन चाहेनन् ।