वीरगन्ज, २२ चैत
नेपाल पत्रकार महासंघ पर्साको अगामी २५ गते बुधबार हुने निर्वाचनका लागी उम्मेदवारहरुले आज मनोनयन दर्ता गराएका छन । प्रेस चौतारी नेपाल र प्रेस मञ्चका तर्फबाट अनुप तिवारी र प्रेस संगठन, मधेशी पत्रकार समाज, प्रेस मञ्च र प्रेस युनियनको गठबन्धनबाट रितेश त्रिपाठी उम्मेदवारी पर्साका शाखाका अध्यक्षमा दर्ता गराएका हुन । यस्तै उपाध्यक्षका लागी प्रेस चौतारी नेपाल र प्रेस मञ्चका तर्फबाट युवराज खड्का ,ग्ठबन्धनबाट राघव साह र शेखर बहादुर क्षेत्री (छतकुली) स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका छन् ।
यस्तै महिला उपाध्यक्षका लागि प्रेस चौतारीबाट सुष्मा शर्मा र गठबन्धनबाट निलिमा पौडेलले उम्मेदवारी दिएका छन् । सचिवका लागि प्रेस चौतारी नेपालका तर्फबाट भुषण यादव र गठबन्धनबाट क्रान्ती साहको उम्मेदवारी परेको छ ।
गठबन्धनबाट चौतारीबाट जियालाल साह , गठबन्धनबाट मनोज कुमार पटेल, स्वतन्त्रबाट सुरेश बिडारीले सहसचिबमा उम्मेदवारी दिएका छन् भने समावेशी सहसचिवमा चौतारीबाट जितेन्द्र साह र गठबन्धनबाट अमित कुमार साहले उम्मेदवारी दिएका छन् ।
कोषाध्यक्षको पदमा चौतारीबाट संजिव कुमार मिश्र र गठबन्धनबाट निरज पिठाकोटे मगरले उम्मेदवारी दिएका छन् । महिला सदस्यमा चौतारीबाट कविता खड्का र गठबन्धनबाट बिमला गुप्ताले नाम दर्ता गराएका छन् । दलित सदस्यमा चौतारीबाट छेदीराम (सुवाष) राम निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी आदीवासी जनजाती सदस्यमा २ जना, मधेशी सदस्यमा ३ जना, अन्य समावेश सदस्यमा २ जना र अन्य सदस्यमा १३ जनाको उम्मेदवारी परेको छ । केन्द्रिय परिषद सदस्यमा ८ जना, प्रदेश परिषद सदस्यमा १५ जनाको उम्मेदवारी परेको छ ।
गठबन्धनको प्रदेश परिषद सदस्यमा उम्मेदवार पुगेन
चार संगठनले पर्साका पदाधिकारी र सदस्यहरुमा उम्मेदवारी दिएपनि प्रदेश परिषद सदस्यमा उम्मेदवार पुरयाउन सकेका छैन । उनीहरुले निर्वाचन जित्नका लागी प्रेस संगठन, मधेशी पत्रकार समाज, प्रेस मञ्च र प्रेस युनियनको गठबन्धन बनाएर प्रदेश परिषद सदस्यमा उम्मेदवार बनाउन सकेका छैन । प्रदेश परिषद सदस्यमा प्रेस चौतारी नेपालका तर्फबाट ९ जनाले विद्यान अनुसार उम्मेदवारी दर्ता गराएका छन । भने गठबन्धनका तर्फबाट ९ जना उम्मेदवार हुन नसकेपछि ७ जनाले उम्मेदवार दर्ता गराएका हुन । निर्वाचन समितिका अनुसार प्रदेश परिषद सदस्यमा गठबन्धनका उम्मेदवार अपुग भएपछि ७ जनाले मात्र उम्मेदवारी दर्ता गराएका हुन ।
युनियन छाडेर छत्कुली उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार
पत्रकार शेखर छत्कुली नेपाल प्रेस यूनीयन परित्याग गरेर नेपाल पत्रकार महासंघ पर्साको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन । उनलाई प्रेस यूनीयनले बाईपास गरेपछि उनी युनीयन छाडेर स्वतन्त्र उम्मेदवारी दिएका हुन । उम्मेदवारी दिएपछि संचारकर्मी संगै कुरा गर्दै उनले नेपाल प्रेस यूनीयनले गठबन्धनको नाममा मसंग धोका गरेपछि मैलै स्वतन्त्र उम्मेदवारी दिएको बताए । उनले कुनैपनि हालतमा उपाध्यक्ष पदबाट उम्मेदवारी फिर्ता नलिने अडानमा रहेको बताए ।