वीरगन्ज,२२ चैत
वीरगन्जका पत्रकार मोहम्मद सदाब सहित आधा दर्जन पत्रकार प्रेस चौतारी नेपाल पर्सामा प्रवेश गरेका छन ।
प्रेस युनियन नेपाल लगायत अन्य पत्रकार संगठन परित्याग गरेर उनीहरु प्रेस चौतारीमा प्रवेश गरेका हुन् ।
विगत १५ बर्ष देखि पत्रकारीता गर्दै आएका मोहम्मद सदाब संगै पर्साका पत्रकार नेहाल खान , आविद हुसेन , मन्सुर खान , सन्तोष यादव लगायतका रहेका छन ।
उनीहरूलाई प्रेस चौतारी नेपाल अगुवाहरु लालबाबु शेख , महेश दास ,केसी लामिछाने , प्रेस चौतारी पर्साका संयोजक श्याम बन्जारा , नेपाल पत्रकार महासङ्ह पर्साका अध्यक्ष पदका उम्मेदवार अनुप तिवारी, नेकपा एमालेका नेता एवं संविधान सभा सदस्य राजकुमार गुप्ता ,डाक्टर बिश्मबर शर्मा लगायतकाले स्वागत गरेका थिए ।
यो संगै प्रेस चौतारी नेपालको अगुवाइमा रहेका प्रगतिशील पत्रकारहरु सन्युत प्यानल उत्साहित बनेको छ ।