बीरगंज, चैत्र २९
पोखरीया नगपालिका भित्र रहेका विभिन्न समस्याको समधान , युवाहरुको लागि रोजगारी सृजना गर्नेको तथा विभिन्न मांग राखी नगरपालिकामा ज्ञापन पत्र दिएका छ्न। पोखरीया नगरपालिकालाई समृद्ध नगरपालिका बनाउनका लागि नेजामुदिन समानी समुहको अगुवाईमा ज्ञापन पत्रका दिएको छ।
पर्सा जिल्लाको दोस्रो सदरमुकामको रूपमा रहेको पोखरीया नगरपालिका अन्तर्गत पोखरीया अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि समाजिक विकास मन्त्रालय प्रदेश २ सरकारद्वारा भेन्टिलेटर मेसिन हस्तान्तरण , एम्बुलेन्स तथा शव बाहन खरिदको लागी ३१ लाख २५ हजार , डाक्टर, नर्स लगायत कोरोना लागेका बिरामीहरूको उपचार तथा बेवस्थापनको लागि ३७ लाखको साथै आवश्यक सामग्रीहरू पटक पटक पोखरिया नगरपालिका तथा अस्पताललाई उपलब्ध गराएको हामी सबैलाई अवगत नै छ । त्यस्तै प्रदेश २ सरकार द्वारा पोखरीया नगरपालिकालाई ४ करोड ४ लाख रकम औषधी उपकरण लगायत खरिदको लागि उपलब्ध गराए पनि हालसम्म औषधि तथा उपकरणहरू खरिद गरिएको छैन । प्रशुती सेवालाई बेवस्थित अप्रेशन गर्न डाक्टर हुदा हुदै पनि उपकरणको अभावमा निजि अस्पतालमा अप्रेशन गराउन रू.७०,०००/- हजार रकम तिर्न आम जनता बाध्य भएका छन। स्वास्थ्य बीमा गराए पनि औषधी उपचारबाट वञ्चित रहेका छन ।
यस नगरपालिका भित्र पांच कक्षा सम्म सञ्चालन भइरहेको स्कुलहरूमा दुई जना शिक्षक को भरमा स्कुल सञ्चालन भइरहँदा बिधार्थीहरूको जीवन संग खेलवाड भइरहेको छ । स्कुलको भौतिक निर्माण तथा बेवस्थापनमा नगरपालिकाको ध्यान केन्द्रित नभइ आर्थिक चलखेलमा मात्र ध्यान भएको हाम्रो ठहर छ । त्यस्तै रोजगार को सवालमा पनि यस नगरपालिकामा भईरहेको नियुक्तिहरूमा पोखरिया नगरपालिका भित्रका युवाहरू योग्य र सक्षम हुदा हुदै पनि बाहिरकालाई नियुक्ति गर्नु आर्थिक चलखेल भएको जगजाहेर नै छ । गरिब बेरोजगारहरूको लागी आएको करोडौ रकम हिनामिना हुने या फ्रिज भएर जने गरेको छ ।
त्यसैले चैत ८ गतेबाट नगरपालिका अगाडि गरेको धर्नामा भएका सम्झौता पुरा गराउनको साथै ई मांगहरू पुरा गराउन यो ज्ञापन-पत्र दिएको छौ ।
१, प्रदेश सरकारद्वारा आएको रकमबाट पोखरीया अस्पतालको औषधि तथा उपकरण खरिद गराउन र बिगतमा भएको सहमति लागु गराउनको लागि ।
२,पोखरीया नगरपालिका भित्र रहेका स्कुलहरू पाच कक्षा संचालन भएता पनि दुई जना शिक्षकको भरमा स्कुल सञ्चालन भइरहेकोले दरबन्दी मिलानत तथास्कुललाई बेवस्थित संचालन गराउनको लागी ।
३,युवाहरूको रोजगारको लागी आएका करोडो रकमबाट युवाहरूलाई रोजगार दिलाउनको साथै नगर प्रहरी लगायत हुने नियुक्तिहरूमा पोखरीया नगरपालिका भित्रका युवा बेरोजगारहरूलाई प्राथमिक्ता दिलाउनको लागी ।
४,पोखरिया नगरपालिका भित्रका भौतिक निर्माणका योजनाहरूलाई समयमा सम्पन्न गराउनको लागी। ५,केही दिन देखि कोरोनाको कहर बढी रहेकोले समयमा नै कोरेन्टाईन, आईशुलेशन वार्ड लगायत बेवस्थापन गराउनको लागि यो ज्ञापनपत्र दिएको छौ । हाम्रो मांग पुरा गरिएन भने यस नगरपालिका बिरूद संघर्षको कार्यक्रम फेरि गर्न बाध्य हुनेछौ ।यस्ता कुराहरू ज्ञापन पत्रमा उल्लेख गरिएको छ।