बीरगंज,चैत्र २९


ज्ञान ज्योति माविले बालबालिकाहरुलाई यातना दिने गरेको खुलासा भएको छ।बीरगन्ज महानगरपालिका वडा नम्बर ४ बिर्ता घर भएका साधुराम खड्गीले बताएका छन्।उनका अनुसार आफ्नो नाति वर्ष ११ का कक्षा ३ मा अध्यानरत शोम्य कार्कीलाई यातना दिएर बिमारी पारेको बताए।बीरगन्ज महानगरपालिका वडा नम्बर ४ बिर्ता नजिक रहेको ज्ञान ज्योति सेक्रेन्ड्री बोडिङ स्कुलकी शिक्षिका अमृता राई,मोनु कुमारी साह र अल्का श्रेष्ठ लगायतले बिधालयमा अध्यानरत बिद्यार्थीहरुलाई बारम्बार डर धम्की यातना दिदै आई रहेको अभिभावक खगडीले बताए ।आफ्नो नातीलाई गत मंगलबार बिमारी भए पछि उनलाई सोध्ने कम्रमा उनका साथीहरूले बिधालयमा शिक्षिकाहरुले यातना दिएको बताए।बुधबार नातीलाई किन यस्तो यातना दिएको भनेर समझाएर आएको अभिभावक चन्दा देवी श्रेष्ठले बताए तर त्यतिबेला मैले समझाएर आएको भए पनि कुनै चासो नलिए पछि बाध्य भएर गत २५ गते वडा प्रहरी कार्यालय बिर्तामा उजुरी गरेको बताएका छन् ।सरकारले ल्याएको बालबालिका अधिकार ऐन लाई समेत धोती लगाउने काम गरेको उनलेे बताए।उनका भनाइ अनुसार सोही बिधालयमा कोचिङ गरेको खडमा कसैलाई केही नगर्ने तर कोचिङ नपर्ने बिद्यार्थीहरुलाई यस्तै यातना दिने काम भईरहेको समेत बताए ।