बीरगंज, चैत्र ३०


बाराको महागढीमाई नगरपालिका वडा नं. २ को कार्यालय बरियारपुर बाराको सभाहलमा आज महागढीमाई नगरपालिकाका स्थानिय तहका जनप्रतिनिधि तथा पालिकामा कार्यरत कर्मचारीका लागि लैङ्गिक समानाता तथा समावेशिकीरण मूल प्रवाहीकरण समिबन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ I मुख्य मन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय ग्रामिण बिकास प्रशिक्षण केन्द्र प्रादेशिक सुशासन केन्द्र जनकपुर धामको आयोजनामा भएको सो अभिमुखिकरण कार्यक्रममा प्रशिक्षण जीतेन्द्र यादव र ओमप्रकाश ठाकुरले सो कार्यक्रममा आएका सहभागिहरूलाई प्रशिक्षण दिएका थिए I सो कार्यक्रम महागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख तारादेवी कानु प्रमुख प्रशासकीय अधिकृत उमेश राज रिमाल वडा नं. १ को वडा अध्यक्ष सुदामा साह कानु २ को वडा अध्यक्ष बिरेन्द्र राउत ३ को वडा अध्यक्ष उपेन्द्र प्रसाद जयसवाल ४ को वडा अध्यक्ष कृष्ण मुरारी यादव ५ को वडा अध्यक्ष गजेन्द्र कुमार जयसवाल ६ को कार्यवाहक वडा अध्यक्ष भगवान राउत अहिर ७ को वडा अध्यक्ष रामजनम प्रसाद यादव नगर कार्यपालिका सदस्यहरू नगरपालिकामा कार्यरत विभिन्न शाखाका शाखा प्रमुखहरू लगायत स्थानिय जनप्रतिनिधिहरू लगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो I