राजन कुमार बानिया
बीरगंज, चैत्र ३०। पर्सा प्रहरीले ठुलो मात्रमा लागूऔषध चरेस बरमाद गरेको छ।पर्साको कालिकामाई गाउँपालिका वाड न १ टिनडोबिया स्तिथ गेहूँबारीमा लुकाएर राखिएको अवस्थामा पर्सा प्रहरीले १५ किलो चरेस बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका ईलाका प्रहरी कार्यालय कालिकामाईमा सूचना प्राप्त भई उक्त प्रहरी कार्यालयबाट शनिबार रात्री अन्दाजी ११ बजे टोली खटी जाँदा जिल्ला पर्सा कालिकामाई गा.पा.वडा नं.१ टिनडोबिया स्थित गेहुको खेतमा २ वटा बोरा भित्र लागु औषध चरेश १५ के.जी. बेवारिसे अवस्थामा फेला परेकोले उक्त लागु औषधलाई रीतपूर्वक बरामद गरी ई.प्र.का.पोखरियामा ल्याई थप अनुसन्धान तथा लागु औषध चरेश छाडी जाने व्यक्तिको पहिचान तथा खोजतलास गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।