बीरगंज,चैत्र ३१
नारायणी अस्पतालमा मंगलवार आज दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ निवासी ३७ वर्षिय युवक र वीरगंज महानगरपालिका वडा नं ३ छपकैया निवारी ६२ वर्षिय वृद्धको कोरोना संक्रमणका कारण उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर सरोजरोशन दासले बताए । मृतक युवक रोजगारीको सिलसिलामा भारतको हैदराबादमा थिए र हालै होलीको लागि नेपाल देश आएको उनको यात्रा विवरणबाट पुष्टि भएको छ । उनको मृत्यु साढे तीनबजे बिहान र बृद्ध संक्रमितको बिहान साढे आठबजे निधन भएको प्रवक्ता डाक्टर दासले बताउनुभयो । यसअघि हिजो पर्साको कालिकामाई गाउँपालिका २ का ५५ बर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो । वीरगञ्जको नेशनल मेडिकलबाट उपचारका लागि भरतपुर रिफर गरिएको उनमा कडा निमोनियाको संक्रमण भएको थियो ।