बीरगंज, चैत्र ३१
बलिराम शुक्ला
पर्सागढी नगरपालिका वडा न १ मनवा बजार बाट गऐ राति सब डिबिजन बन कार्यालय बडनिहारको बन गस्ती टाेलिले सालको गोलिया सहित दुई जना काठ तस्कर लाइ पक्राउ गरेको छ ।
मनवा नजिकको जङ्गल बाट सालको गोलिया कटान गरि साइकलमा हरपुर तर्फ ल्याउदै गरेको अवस्थामा मनवा बजार बाट सब डिबिजन बन कार्यालय बडनिहारका जम्दार अर्जुन चौधरीको कमान्डमा खटेकाे बन गस्ती टाेलिले १० क्युफिट सालको गोलिया र साइकल सहित पर्सागढी नगरपालिका वडा न ८ हरपुर निवासी बर्ष ३० को रेखा माझि र ना ५४ प ६५२८ नम्बरको मोटरसाइकल बाट साइकलमा ल्याउदै गरेको काठको अगाडि अगाडि लाइन मिलाउदै हिडेका बर्ष २७ को कन्हैया राम लाइ मोटरसाईकल सहित मनवा बजार बाट पक्राउ गरेको जम्दार चौधरीले बताएका छन ।
पक्राउ परेका दुबै जना र साइकल काठ र माेटरसाइकल आवश्यक कार्वाहीको लागी डिबिजन बन कार्यालय बडनिहारमा राखिएको छ ।