बारा । पाँच वर्षदेखि अवैध रुपमा सञ्चालित बाराको सिमरा, जितपुर बजारका दुई अवैध अस्पताल जितपुरसिमरा उपमहानगरले बन्द गराएको छ ।
सिमरा चोकमै सञ्चालित निम्स अस्पताल र जितपुर बजारमा अवस्थित राव नर्सिङ्ग होमलाई जितपुरसिमरा उपामहनगरको टोलीले अस्पताल सञ्चालन अनुमति तथा मापदण्ड निर्देशिका–२०७९ अनुसार सञ्चालन नभएको भन्दै बन्द गराएको हो ।उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरीलाल पुरी, स्वास्थ्य महाशाखा प्रमुख रवि भास्करसहितको टोलीले अनुगमनको क्रममा निर्देशिका बमोजिम मापदण्ड नदेखेपछि तत्काल दुवै अस्पताल बन्द गराएको हो ।
उपमहानगरका अधिकृत पुरीले मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा दुवै अस्पतालले सामान्य मापदण्डसमेत पालना नगरेकाले दुवै अस्पताल बन्द गराएको बताउनुभयो ।
सिमरा चोकको दुई सटरभित्र सञ्चालित निम्स अस्पताल विगत ५ वर्षदेखि नविकरण गरेको छैन भने राव नर्सिङ्ग होमले सामान्य अनुमति समेत नलिएको उपमहानगर कार्यालयले जनाएको छ ।