बीरगंज, चैत्र ३१
बिन्दवासिनी गाउँपालिका वार्ड न -५ भेलहामा आगलगिमा परेका घर परिवारलाई आज गाउँपालिका अध्यक्ष श्रीलाल साह मोदिले राहत बितरण गर्नुभएको छ।गत शनिबार दिउँसो आगलगी हुदा स्थानीय ध्रुपलाल मुखिया ,परमानन्द मुखिया ,मेघराज मुखिया ,बिकाउ मुखिया र मखुलाल मुखियाको घरगोठ जलेको थियो। प्रत्येक परिवारलाई चामल, दाल, चाउचाउ, तेल, नुन, स्वाबिन, आलु लगायतको खाद सामग्री वितरण गर्नुभएको छ। राहत वितरण को क्रममा गापा अध्यक्ष मोदिले अहिले हावा हुरिको मौषम भएकोहुनाले आगलागी बाट बच्ने उपाय अपनाउन सबैसँग आग्रह समेह गर्नु भयो ।