कृष्णा प्र. कुशवाहा
बीरगंज,बैशाख २
जिल्ला प्रहरी कार्यालय पर्साले गाँजा सहित एक जनालाई पक्राऊ गरेको छ।जिल्ला बरा जितपुर सिमरा उपहानगरपालिका वडा नम्बर ३ बस्ने एक जनालाई पक्राऊ गरेको छ। २ किलो ग्राम लागु औषध गाँजा सहित १४ बर्षिय एक बालकलाई पक्राउ गरेको छ । बिशेष सूचनाको अधारमा बिहिवार बिहान बीरगंज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट नजिकैबाट प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले शंकास्पदरुपमा हिँडिरहेको अवस्थामा १४ बर्षीय बालकको शरीर रीतपूर्वक खानतलासी गर्दा निजले आफ्नै शरीरमा कालो प्लाष्टिकको पेटी वेरी लुकाइछिपाई ल्याएको लागु औषध गाँजा २ किलो बरामद भए पछि बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ३ निवासी निज बाकललाई पक्राउ गरिएको र कार्यालयमा ल्याई लागू औषध सम्बन्धि कसूरमा अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।