बीरगंज,वैशाख २
नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर २ को प्रेस सल्लहाकारमा वरिष्ठ सञ्चारकर्मी महेश दास मनोनित भएका छन् । दासलाई अध्यक्षको प्रेस सल्हकारको रूपमा मनोनित गरिएको छ। विगत ३ दशकदेखि पत्रकारितामा सक्रिय दासलाई अध्यक्षको प्रेस सल्लाहारको रुपमा मनोनित गरिएको हो ।माउन्टेन टेलिभिजन एवम् बिजनस टेलिभिजन प्रादेशिक प्रसारण केन्द्र प्रदेश नम्बर २ बीरगंजकाे प्रमुखसमेत रहेका दासले महासङ्घका अध्यक्ष गणेश लाठलाई उद्योगी तथा व्यापारीहरुको हकहितका लागि महासङ्घले गर्ने विभिन्न क्रियाकलाप उनेल सञ्चारजगतसँग समन्वयको काम गर्ने छन् ।उनले प्रदेश नम्बर २ को उद्योग तथा वाणिज्यका लागि सञ्चार जगतको भूमिकाका बारेमा पनि समय-समयमा महासङ्घलाई सल्लाह सुझाव दिने छन् ।दासले राष्ट्रपतिबाट प्राप्त गरेको प्रवल जनसेवा, चतुर्थ मान सम्मानका लागि पनि महासङ्घले उनलाई बधाई ज्ञापन पनि गरेको छ ।