वीरगंज । भारतको पूर्वी क्षेत्रमा अवस्थित ओडिसा राज्यको बालासोर जिल्लामा भएकाे ट्रेन दुर्घटनामा परि पर्साकाे एक युवक गम्भिर घाइते भएका छन् ।
पकहाँ मैनपुर गाउँपालिका वडा नं. ३ पकहाँ (भिस टोल) बस्ने हरी पासवानका १५ बर्षिय छोरा प्रेमनन्द पासवान घाइते भएका हुन् । उनकाे भारत स्थित एस.सि.बि. मेडिकल कलेजकाे ट्रमा आइसियु बेडमा उपचार भइरहेकाे छ ।
घाइते किशाेर भारतकाे ओडिसा अध्ययनकाे शिलशिलामा गएका थिए । उनी जेठ १९ गते शुक्रबार ओडिसामा भएकाे ट्रेन दुर्घटनामा परेकाे परिवारजनाहरुलाई जानकारी भएपनि त्यहाँ पुग्ने र अवस्था बुझ्ने कार्यमा लागेका थिए ।
साेही क्रममा बुधबार भारतिय एमबिसि वीरगंज मार्फत पकहाँ मैनपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहा समक्ष जानकारी पुगेपछि उनले परिवारजन सम्पर्क गरी जानकारी गराएका हुन् । ओडिसामा भएकाे रेल दुर्घटनामा दुई सय ६० जनाको मृत्यु भएको र एक हजार भन्दा बढी घाइते भएका छन् ।