वीरगन्ज । पर्साको धोविनी गाउँपालिकामा १० दिने मैनबत्ती बनाउने तालिम सम्पन्न भएको छ । शिवु डेभलपमेन्ट ट्रेनिङ्ग सेन्टर प्रालीको आयोजनामा तथा धोविनि गाउँपालिकाको आर्थिक सहयोगमा जेष्ठ १५ गते देखि संचालित मैनबत्ती बनाउने तालिम जेष्ठ २४ गते सम्पन्न भएको हो । उक्त तालिम ३५ जना किशोरीहरुको उपस्थिति रहेको थियो ।
धोविनी गाउँपालिकाको सहयोगमा सन्चालित तालिमको समापन कार्यक्रमको अध्यक्षता वडा नं ३ का वडा अध्यक्ष राजकिशोर प्रसाद कुर्मीले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता धोबिनी गाउँपालिकाका उपाध्यक्ष मञ्जु देवी रहेका थिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष कुर्मीले तालिम अत्यन्तै उपयोगी भएकाले व्यहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सामाजिक शाखा प्रमुख जितेन्द्र चौहान , वडा सदस्य , स्थानिय समाजसेवी लगायतको आतिथ्यता रहेको थियो ।मुना यादव र पुनम देवीले प्रशिक्षण दिनुभएको तालिमको समापन कार्यक्रम सञ्चालन संस्थाका अध्यक्षले गर्नुभएको थियो ।