रामजी यादव


पर्सा / ज्येष्ठ महिनाको दोस्रो साता देखि अत्याधिक गर्मी बढे संगै जनजिवनमा कष्टकर भएको छ। अत्यधिक तापक्रम,तातो हावा र लु का कारण जनजिवन प्रभावित भएको छ साथै पानीको सतह सुकेपछि प्रत्येक चापाकलहरु पानी दिन नै छाडेका छन्। अत्याधिक गर्मी र तातो हावाले मानसिक र शारीरिक सन्तुलनमा प्रतिकुल असर पर्ने गरेका छन।पर्साको ग्रमिण तथा शहरी क्षेत्रमा शुद्ध र सहजरुपमा पानी पिउन एकमात्र उपाय चापाकल रहेका छन तर त्यो अत्यधिक गर्मीले पानीको सतहको भाग सुक्न थालेपछि पानी आउन बन्द हुन थालेका छन।शहरको बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयको चापाकलहरु सुकनाले सेवाग्राही बढी मर्कामा छन। प्रचण्ड गर्मीका कारण धेरैजसो कार्यालयमा पंखाले पनि तातो हावा फाल्ने क्रमले सेवाग्राहीहरु सास्ती भोग्दै आइरहेका छन।नारायणी अस्पताल बीरगंजमा चापाकल को पानी सुकनाले बिरामी तथा कुरुवालाई
पानीको अभाव देखिएको छ।नारायणी अस्पताल बीरगंजको बिभिन्न डिपार्ट तथा बिभाग कक्षहरुमा शौचालयको सर-सफाईमा ढिलासुस्ती देखा परेको एक पेशेन्टले बताएका छन। अत्याधिक तापक्रममा अति आवश्यक काम बाहेक हिडुल नगर्न, प्रयाप्त मात्रामा पानी पिउन,चिसो ठाउँमा बस्न , फलको जुस र सर्बत पिउन चिकित्सकहरुको सल्लाह रहेको छ।