वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिकाको कार्यालय बहुवर्वा भाठ्ठामा आज कार्यक्रमका अनौपचारिक शिक्षा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका सभा हलमा भएको कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष मुक्ति राउत कुर्मीले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो ।
प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष ज्योती चौरसिया , विशिष्ठ अतिथिमा वडा अध्यक्ष अछेलाल मेहता , जयप्रकाश चौरसिया , अनोज चौरसिया , मोहन यादव रहनु भएका थियो ।
NCE Nepal DCC Parsa को आयोजनामा अनौचारिक शिक्षा सम्बन्धि छलफल कार्यक्रम भएको वडा अध्यक्ष कुर्मीले बताए ।
उक्त कार्यक्रममा NGOCC पर्साका अध्यक्ष इब्राहीम देवान , गाउँपालिका शिक्षा शाखा प्रमुख कपिल लामिछाने , सामाजिक विकास शाखा नरेश चौहान , शिक्षा इकाइका मनोज चौधरी लगायत २६ जनाको उपस्थिति रहेकोमा थियो भने कार्यक्रमकाे सञ्चालन सामाजिक सँस्था जिल्ला समन्वय समिति पर्साका वृजकिशोर पटेल र रामप्रवेश साहले गर्नु भएको थियो।