वीरगन्ज । पर्साको बिरगंज महानगरपालिकामा रहेको शहरी विकास तथा भवन कार्यालयका चोरी भएको छ । वीरगन्ज जिल्ला प्रशासन कार्यालय छेउ स्थित शहरी विकास तथा भवन कार्यालयकाबाट राति तीनवटा मोबाइल र पर्स लगायत चोरी भएको हो ।
दोश्रो तलामाथि रहेको शहरी विकास तथा भवन कार्यालयका अफिस कोठामा रहेका मोबाइलसहित अन्य सामानहरू १ बजेर २४ मिनेटमा चोरी भएको सिसिटिभी फुटेजमा देखिएको शहरी विकास तथा भवन कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले घटनाबारे जानकारी लिने काम भइरहेको बताएको छ
।