बीरगंज, बैशाख ५
चिट्ठा परेको भन्दै ठगी गरेको आरोप लागेका व्यक्ति फरार भएपछि पर्सा प्रहरीले निजका बुबालाई पक्राउ गरेको छ ।एस एम एस मार्फत २५ लाख चिट्ठा परेको भन्दै खातामा पैँसा पठाउन लगाएर लगभग डेढ करोड रुपैया ठगि गरेको आरोप लागेका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी राज चौरसिया फरार भएपछि निजका बुबा उदयनारायण चौरसियालाई जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीले पक्राउ गरेको हो ।एक जना महिलालाई २५ लाख चिट्ठा परेको हुँदा आई एम ई मार्फत चिट्ठा परेको रकम प्राप्त गर्न पैसा पठाउन भनेपछि महिलाले आफ्नी आमाको गहना बेचेर ७० हजार रुपैया पठाएको खुलेको छ ।रकम पठाएपछि सम्पर्कबिहिन भएका राजुविरुद्ध ति महिलासहित अन्य ४ जनाले उजुरी दर्ता गराएका छन् । सोही उजुरीको आधारमा चौरसियाको खोजी गर्ने क्रममा चौरसियाका बुबालाई शनिवार बिहान ११ बजेतिर अनुशन्धानको लागि पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।