बीरगंज, वैशाख ५
मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय प्रदेश नम्बर २ जनकपुरधामको आयोजनामा आज देखि ६० दिने मुख्यमन्त्री बेटी पढाउ बेटी बचाऊ अभियानको निशुल्क लोक सेवा तयारी कक्षाको उदघाटन मुख्यमन्त्री लालबाबु राउत गर्दीले गर्नु भएको छ। उदघाटन समारोहमा मुख्य मन्त्री राउतले अब प्रदेश २ का छात्राहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले यो लोक सेवाको तयारी गर्न लागेको बताए। उहाँले भने हाम्रो छोरीचेलीहरु अब दुःख नपाउन भन्ने उदेश्यले प्रदेश सरकार लागि परेको मन्त्री गर्दीको भनाइ रहेको छ।मुख्य मन्त्री बेटी पदाऊ बेटी बचाऊ अभियानका प्रमुख सचिव गोकर्ण मणि दुरिको अध्यक्षतामा कार्यक्रम समपन्न भएको हो।उदघाटन समारोहमा प्रदेश सभा सदस्य प्रल्लद गिरि,भिमा यादव,करिना बेगम,बीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगी,मुख्य मन्त्री कार्यालयका सचिव एम भुसाल,प्र,जिअ,पितम्बर घिमिरे ,जसपा अध्यक्ष राम नरेश यादव ,वडा नम्बर ५ का वडा अध्यक्ष जगत साह कानु लगायतले आ,आफ्नो धारण राख्नु भएको बेटी पदाऊ बेटी बचाऊ अभियानका पर्सा संयोजक अमोद यादवले जानकारी दिनुभएको छ।